Prakash

महानगरकाे चरम मानसिक यातना पछि वरिष्ठ सुचना अधिकृत पौडेल बेपत्ता

पोखरा। पोखरा लेखनाथ महानगरपालिकाका सामाजिक महाशाखा वरिष्ठ सुचना अधिकृत ओमराज पौडेल बेपत्ता हुनुमा स्वयं महानगरका प्रमुख र अन्य राजनीतिक संगठनहरु रहेको स्थानीय तह कर्मचारी युनियनले आरोप लगाएको छ ।

फरक विचारका कर्मचारीलाई फसाउने, सताउने र अन्तिममा तर्साउने गरी मानसिक यातना दिईएको युनियनको आरोप छ ।महानगरको प्रमुख एवं ब्यवस्थापन पक्षबाट घटुवा गर्ने, पदीय हिसावको मान मर्दन गर्ने, विना कारण अपायक सरुवा गर्ने र अतिरञ्जित लाञ्छना लगाउने गरेको कुरा जानकारीमा आएको छ, विज्ञप्तीमा भनिएको छ–पछिल्लो समय स्थानीय तहमा जनप्रतिनिधी आएपछि फरक विचार राख्ने कर्मचारीलाई पेशागत र मानवीय संवेदनामाथी प्रहार हुन थालेको छ । यसको घोर भत्र्सना गर्दछौं ।’

पौडेल शनिवार विहानदेखि बेपत्ता छन् । प्रहरीले घटनाबारे अनुसन्धान भैरहेको जनाएको छ ।  पौडेलको खोजी अहिले पनि जारी छ ।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology