प्रहारन्युज डेक्स

आँचलका लागि कसले दियो निवेदन ?

नायिका आँचल शर्मा नेपाली चलचित्र क्षेत्रमा जति चर्चित छन् त्यति नै म्यूजिक भिडियोमा पनि छन् । उनि अभिनित प्राय: भिडियो सफल छन् । यसै मेलोमा आँचल अभिनित नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
गीतमा गुणराज श्रेष्ठको स्वर रहेको छ भने बि. पाण्डेका शब्दमा सुवास भुषालले संगीत दिएका छन् । उदयराज पौडेल एरेन्जर हुन् ।
विकास सुवेदीले निर्देशन गरेको भिडियोमा आँचलको साथमा गुणराज र राजेशको अभिनय छ । भिडियोमा अनुराग ठकुरीको कोरियोग्राफी छ । अनिल के. मानन्धरको छायांकन तथा सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology