Prakash

बिद्यार्थी नेता क्षितिज सापकोटा प्रश्न – यस्तो सरकारले कसरी समाजवादमा पु¥याउँछ?’

अखिल क्रान्तिकारीको नेतृत्वकोमा शिक्षा र स्वास्थ्यलाई राष्ट्रिकरण गर्न माग गर्दै शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई २० हजारको हस्ताक्षर बुझाइएको छ।

शुक्रबार दिउँसो शिक्षा मन्त्रालयमा पुगेर क्रान्तिकारीका सचिव तथा गण्डकी प्रदेश संयोजक क्षितिज सापकोटा र अनेरास्ववियुका संयोजक मकर खड्का नेतृत्वको टोलीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पोखरेललाई २० हजार जनाको हस्ताक्षर बुझाएको हो।

हस्ताक्षर बुझ्दै मन्त्री पोखरेलले शिक्षा र स्वास्थ्यलाई मौलिक हकमा राखिएको बताए। उनले संविधानले नै निर्धारण गरेको कुरालाई विद्यार्थी संगठनले झक्झकाएको भन्दै धन्यवाद समेत दिएका थिए।

मन्त्री पोखरेलले शिक्षा र स्वास्थ्य राज्यको दायित्वभित्र पर्ने भन्दै त्यसबाट राज्य टाढा हुन नहुने बताए। उनले बेलाबेलामा खबरदारी गरिरहन विद्यार्थी नेताहरुलाई आग्रह समेत गरे।

अखिल क्रान्तिकारीका सचिव तथा गण्डकी प्रदेश संयोजक क्षितिज सापकोटाले राज्यले शिक्षा र स्वास्थ्यलाई मौलिक हकमा राखे पनि त्यसलाई कार्यान्वयन गर्नबाट चुकेको आरोप लगाए।

उनले राज्य बलियो नभएका कारण डा. केसीको आन्दोलनमा प्रतिक्रियावादीहरु घुसेको बताए। ‘संविधानले नै समाजवादमा जाने भनेको छ तर राज्यले त्यसको कार्यान्वयन गर्न किन सक्दैन’,  उनले भने, ‘शिक्षा र स्वास्थ्यलाई राष्ट्रियकरण गर्न नसक्ने सरकारले कसरी समाजवादमा पु¥याउँछ?’ समाजवादको आधार तयार गर्न पनि शिक्षा र स्वास्थ्यलाई राष्ट्रियकरण गर्नुपर्ने उनको तर्क थियो।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology