Prakash

सामाजिक परिचालक कर्मचारी संघ फेरी सडकमा, सरकारलाई ज्ञापनपत्र

पोखरा , २० साउन l

योग्यताको आधारमा स्थानिय तहमा दरबन्धी सिर्जना गरि राष्ट्र सेवा गर्ने अवस्था सिर्जना गरि पुर्नवहाली गर्न माग गर्दै नेपाल सामाजिक परिचालक कर्मचारी संघ गण्डकी चरणबद्ध आन्दोलनको घोषणा गरेको  छ  l

संघले गण्डकी प्रदेशमा रहेका चार सय चौरासी  जना सामाजिक परिचालकहरुलाई  स्थानिय तहमा १ पटकको लागि उमेरको हतबन्धी नलगाई योग्यताको आधारमा स्थानिय तहमा दरबन्धी सिर्जनागरि राष्ट्र सेवा गर्न पाउनुपर्ने  माग राखेर आन्दोलनको  घोषणा गरेको  संघका  अध्यक्ष पितम्बर नेपालीले जानकारी दिनुभयो l

संघले साउन २० देखि २२ गतेसम्म भेटघाट , छलफल र पत्राचार गर्ने , २२ गते पत्रकार सम्मेलन गरे र २३ गते देखि सडक आन्दोलनको कार्यक्रम सार्बजनिक गरिएको  सचिब भावना श्रेष्ठले जानकारी दिनुभयो l

सामाजिक परिचालकहरुको २०७५ असार मसान्तमा  करार अवधी समाप्त भए पनि  संघले  स्थानिय तहमा १ पटकको लागि उमेरको हतबन्धी नलगाई योग्यताको आधारमा स्थानिय तहमा दरबन्धी सिर्जना गरि राष्ट्र सेवा गर्ने  अवस्थाको  सिर्जना गरि पुर्नवहाली माग राखेर आन्दोलनको  कार्यक्रम सार्बजनिक गरेको हो  l

यसै बीच संघले आइतबार सभामुख नेत्र अधिकारी , आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमान र सामाजिक  बिकास मन्त्रि नरदेबी पुनलाई भेटेर ज्ञापनपत्र बुझाएको छ  l संघले  राजनैतिक पार्टीका प्रमुखहरुलाई  पनि आफ्नो  मागको बारेमा जनाकारी दिएको सचिब भावना श्रेष्ठले जानकारी दिनुभयो l

Loading...

© Copyright 2015-2019 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology