Prakash

कान्छी मोडल रानीको नयाँ तिज गीतको भिडियो सार्वजनिक (भिडियोसहित)

पोखरा, भदौ १ गते । ‘सानी सानी नानी म त…’ बोलको गीतमा पहिलो पटक अभिनय गरेर ‘कान्छी मोडल’को पहिचान बनाएकी रानी थापा मगर अभिनित नयाँ तिज गीतको भिडियो सार्वजनिक भएको छ ।


इनिसा दुराको स्वर, नवराज बरालको सङ्गीत र राखी थापा मगरको शब्दमा रहेको ‘यसपालिको तिजमा नाच्ने हो छमछमी…’ बोलको गीतमा रानीको मुख्य अभिनय रहेको छ । भिडियोमा रचनाकार तथा रानीकी आमा राखीको समेत अभिनय देख्न पाइन्छ । पोखरा कला केन्द्रको प्रस्तुतिमा बनेको भिडियो पोखराकै केदारेश्वर मन्दिरलगायतका क्षेत्रमा छायाङ्कन गरिएको हो । भिडियोको निर्देशन राहुल थापा मगरले र छायाङ्कन सुरज श्रेष्ठले गर्नुभएको हो ।
रानीको अभिनय रहेको पहिलो गीत सानी सानी नानी म त…मा अनुराग अधिकारीको शब्द, मेलिना राईको स्वर र नवराज बरालको सङ्गीत रहेको थियो । सो गीत १७ लाखभन्दा बढीले हेरिसकेका छन् । यस पटक पनि रानीले परिपक्व अभिनय गरेकी निर्देशक राहुल थापाले बताउनुभयो । गीतले नेपाली संस्कृतिको रक्षा सघाउ पु¥याउने विश्वाससमेत थापाले राख्नुभयो ।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology