प्रहारन्युज डेक्स

अब, भदौ १ गतेदेखि सरकारी कार्यलय शनिबार पनि खुल्ने

दाङ – सरकारी कार्यलय शनिवार पनि खुल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय दाङले विदाको दिन पनि कार्यालय सञ्चालन गर्न लागेको छ।

सेवाग्राहीलाई सेवा दिनको लागि हप्ताको सातै दिन कार्यालय सञ्चालन गर्न लागेको हो ।

भदौ एक गतेदेखि लागू हुने गरि जिल्ला प्रशासन कार्यालय शनिवार पनि खुल्ने प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले बताए ।

स्वयम्सेवी रुपमा शनिवार विहान ११ बजेदेखि २ बजेसम्म जिल्ला प्रशासन कार्यालय सञ्चाल गर्ने श्रेष्ठले जानाए।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology