Prakash

बालबालिकाको चाैतर्फी विकासका पक्षमा देश उभिए मात्रै देश समृद्ध बन्छ – गौतम

प्रकाश अधिकारी
पोखरा, २९ भदौ ।

केन्द्रिय बाल कल्याण समिती सदस्य डा.राजेन्द्रकुमार गौतमले अब राष्ट्रिय बाल दिवस विरालो बाँधेर श्रद्धा गर्ने परिपाटिको अन्त्य भएको बताउभएको छ । राष्ट्रिय बालदिवसको अबसरमा पोखरामा आयोजित एक कार्यक्रमलाई सम्वोधन गदैे गौतमले यस्तो बताउनुभएको हो ।

बालबालिकाको चैतर्फी विकासका पक्षमा देश उभिए मात्रै देश समृद्ध बन्न सक्छ । थ्रि एन्जल्स नेपालका संस्थापक अध्यक्ष तथा सिइयो समेत रहनुभएको गौतमले भन्नु भयो केन्द्रिय बाल कल्याण समितीले समाज रुपान्तरणका हस्ति मानिने बालबालिकालाई बालबालिकाको अधिकारमा मात्र नभई संरक्षणमा आधारित नीति तयार गरेको छ । त्यसको प्रभावकारी कार्यन्वय भएका वर्षको एक पटक होइन् अव हरेक दिन बालदिवस मनाउन सकिने वातावरण बन्दै गएको बताउनु राख्नु भयो ।

गण्डकी प्रदेशका बालअधिकार स्रोत व्यक्ति मिठु आचार्यले संरक्षण विहिन तथा सड्क बालबालिकाको व्यावस्थापन विना समृद्ध नेपाल बन्न नसक्ने बताउनुभयो । स्थानिय निकायले नीति समेत निमार्ण सक्ने भन्दै पहिलो प्राथमिकतामा राखेर काम गर्नपर्ने बताउनु भयो । बिकास भनेको बालबालिकामा लगानी गर्नु पनि होे जनप्रतिनिधीहरुलाई बिकास भनेको बालबालिकामा लगानि गर्नु हो भन्ने लागेको छैन उहाँले भन्नु भयो ‘जव सम्म विकास भनेको बालबालिकामा लगानी गर्नुपर्छ ,यिनीहरुको संरक्षण गर्नुपर्छ, यिनीहरुको भौतिक,आर्थिक ,सामाजिक, नैतिक र शारीरिक बिकासमा लगानि गर्यौँ भने सक्षम नागरिक बन्छन् भन्ने सोचको बिकास गर्न स्थानिय जनप्रतिनिधीहरु  गम्भिर हुनैपर्छ ।

शुभतारा थ्रि एन्जल्स मिसन स्कुलका प्राचार्य रमेश पाण्डेले बर्तमान समयमा नेपालमा गुणस्तरीय शिक्षाको बुझाई निकै सङ्कुचि भएको भन्दै परिक्षामा प्राप्त गरको प्राप्ताङ्क र उत्तिर्ण प्रतिशतलाई गुणस्तरको पर्याय मानिन्छ यो गलत हो । पाण्डेले भन्नु भयो गुणस्तरीय शिक्षा भनेको सभ्य,सुसंस्कृत, असल नैतिक चरित्र भएको र उच्च आय आर्जन गर्न सिकाउने शिक्षा हो । शिक्षा व्यापार नभई सेवा हुनुपर्ने भन्दै प्राचार्य पाण्डेले गुणस्तरीय शिक्षामा शुभतारा थ्रि एन्जल्स मिसन स्कुल कुनै सम्झैता नगर्ने धारणा राख्नुभयो ।

अधिक्ता भिम प्रसाद पौडेलले बाल अधिकार संविधानको मौलिक हकमै व्यवस्था भएको भन्दै त्यसको प्रभावकारी कार्यन्वयन हुन सके मात्रै बालकले आफ्नो अधिकारको प्रत्याभुति हुने बताउनु भयो । उहाँले बाल दुव्र्यवहारबाट संरक्षणसम्वधी नीति तथा कानुनि प्रावधानहरु र बाल अधिकारको संवैधानीक व्यवस्था बारे चर्चागर्नुभयो ।

थ्रि एन्जल्स नेपालका अध्यक्ष शारदा खत्री गौतमले बालबालिका ईस्वरका सुन्दर रचना भएको भन्दै उनीहरु सुन्दर भए मात्रै भोली देश सुन्दर बन्ने बताउनुभयो । बालबालिका भोलीका कर्णधार मात्रै न भई आज भएकाले आज संरक्षण हुन पाउनु उनिहरुको नैर्सगिक अधिकार हो । उहाँले भन्नु भयो त्यसको लागि परिवार , समाज र राष्ट्रिनै जिम्मेबार हुनपर्छ । कार्यक्रमको सहजिकरण पत्रकार प्रकाश अधिकारीले गर्नुभएको थियो ।

कार्यक्रममा संस्थाका कोषाध्क्ष रुपा थापा, विक्त तथा कार्यक्रम निर्देशक डा.मदन थापा, एच आर म्यानेजर किसान बहादुर गुरुङ, प्रसासकिय सचिव विवेक ढकाल, भिमप्रसाद पौडेल, विद्यालयका प्रचार्य रमेश पाण्डे र थ्रि एन्जल्स नेपाल काडमाण्डै शाखा प्रमुख रजनि बानिँयाको विषेश उपस्थिति रहेको थियो ।

सुखि नेपाली समृद्ध नेपाल ः बाल अधिकार सबैको सरोकार भन्ने नारा सहित मनाईएका राष्ट्रिय बालदिवसको अबसरमा शिक्षक तथा विद्यार्थीहरुले जनचेतना मुलक नाटक तथा विविध साँस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेको कार्यक्रम संयोजक सुमन लिम्बुले जानकारी दिनुभयो । थ्रि एन्जल्स नेपालका अध्यक्ष शारदा खत्री गौतमलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन विद्यार्थी असिम पाण्डे र रजनिता केसीले गरेका थिए ।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology