प्रहार न्युज

कलाकार बीएस राणाको निधन

नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार बीएस राणाको निधन भएको छ । उनको उपचारको क्रममा काठमाण्डौको टिचिङ अस्पतालमा निधन भएको चलचित्र कलाकार संघकी महासचिव सरिता लामिछानेले जानकारी दिइन् । स्वासप्रश्वासमा समस्या देखिएपछि एक साता अगाडि उनलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो । उनले दर्जनौ नेपाली चलचित्रमा काम गरेका छन् । उनले अभिनय गरेका चलचित्रहरुमा ‘दर्पण छाया २, सेतो बाघ, हवल्दार सुन्तली, काफल पाक्यो, सम्बोधन, साथी म तिम्रो, आई एम सरी, कसले चोर्यो मेरो मन, दासढुंगा, बसन्ती, दाग’ लगायतका थिए ।

 

Loading...

© Copyright 2015-2019 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology