Prakash

शिक्षामा निजीकरण र ब्रह्मलुट अन्त्यका लागि आन्दाेलनकाे विकल्प छैन् – नेता सापकाेटा

जनताको पढ्न पाउने मौलिक अधिकारको रक्षा राज्यले गर्ने

पाेखरा । नेकपा निकट विद्यार्थी संगठनलेे शैक्षिक क्षेत्रमा भएकाे बिकृतीलाई रोक्न र समान शिक्षा लागु गर्न माग राखेर मुख्यमन्त्री पृथ्वीसुव्बा गुरुङलाई छ बुँदे ज्ञापन पत्र बुझाएकाे छ ।

सरकारी संस्थामा काम गरेर आफुले निजी संस्था चलाउँदै हिड्नेहरुको ठुलो जमातले नेपालकाे शिक्षा क्षेत्र तहसनहस गरकाे भन्दै यसलाई राेक्न र जनताको गुणस्तरीय शिक्षामा पहुँच बढाउनकाे लागि ज्ञापनपत्र बझाएकाे नेता सापकाेटाले जानकारी दिए ।

ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री गुरुङले जनताको पढ्न पाउने मौलिक अधिकारको रक्षा राज्यले गर्ने बताए । उनले संविधानले शिक्षालाई अनिवार्य र माध्यमिक तहसम्म नि:शुल्क शिक्षा पाउने  मौलिक हक भएकाले व्यवहारमा लागू गराउन सरकार प्रतिवद्ध रहेकाे बताए । विद्यार्थी संगठनलेे राखेका माग जायज भएकाे भन्दै मुख्यमन्त्री गुरुङले सजग बनाएकाेमा धन्यबाद समेत व्यक्त गरे ।

नेता क्षितिज सापकोटाले शिक्षा स्वास्थ्य निःशुल्क नभएसम्म आफ्नै दलका नेताविरुद्ध आन्दोलन गर्न पनि पछि नपर्ने बताए ।

विद्यार्थी संगठनलेे नेता (जनप्रतिनिधी)सरकारी सेवामा रहेका सबै शिक्षक, कर्मचारीका छोराछोरीलाई अनिवार्य सरकारी विद्यालयमै पढ्ने वातावरण बनाउनुपर्ने , प्रादेशिक सरकारको रकम विनियोजनमा शिक्षा क्षेत्रमा २०% बजेट नघट्ने गरी विनियोजन गरिनुपर्ने , गण्डकी प्रदेश कृषि, पर्यटकीय, खेलकुदको उद्गम स्थल भएको कारण यस पाठ्यक्रम निर्माण गरि अध्यापन गरिनुपर्ने , अध्ययनको लागि शैक्षिक ऋण प्रदान गराई पार्ट टाइम जवको व्यवस्था गरिनुपर्ने, प्राज्ञिक क्षेत्रमा राजनितिक भागवण्डाको अन्त्य गरि पुर्ण शैक्षिक वातावरण कायम गर्नुपर्ने, निजी क्षेत्रमा भएको ब्रह्मलुटलाई अन्त्य गर्न तत्काल निरिक्षण नियन्त्रण र २५% छात्रवृत्तिको व्यवस्था गर्ने लगाएका माग राखेकाे छ ।

Loading...

© Copyright 2015-2019 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology