प्रहार न्युज

  • ११
  • १२
  • १३

गगनकै बाटोमा हिड्यो ओली सरकार, उपेन्द्रको रह्यो यस्तो भूमिका ?

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं लोकप्रिय युवा नेता गगन थापाको अग्रगामी बाटोलाई केपी शर्मा ओली नेतृत्वको ओली सरकारले पनि पछ्याएको छ । गगनले स्वास्थ्यमन्त्री हुँदा अघि सारेको योजनालाई वर्तमान सरकारले आत्मसात गरेको हो। गगनले गरेको एउटा महत्वपूर्ण निर्णय हो, विदेशमा उपचार गर्न जाने भिभिआईपी र भिआईपीलाई उपचार खर्च नदिने।

छोटो समयका लागि मन्त्री बन्ने अवसर पाएका गगनले आफ्नै पार्टीभित्र संघर्ष गरेर राज्यको ढुकुटीबाट उपचार खर्च नपाउने निर्णय गराएका थिए। यो निर्णयलाई अहिलेको ओली सरकारले पनि कडाईका साथ लागु गरेको छ। यो निर्णय कार्यान्वयन हुनुमा वर्तमान उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको पनि ठूलो हात छ। प्रतिनिधिसभाको मंगलबारको बैठकमा विनियोजन विधेयकअन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालय शीर्षकमा सांसदले उठाएको जिज्ञासाको सम्बोधन गर्दै मन्त्री यादवले विदेशमा उपचार गराउनेलाई सरकारले खर्च नदिने कानुनी व्यवस्था लागू भइसकेको र कडाईका साथ कार्यान्वयन गरिने बताए। ‘विदेशमा उपचार गराउन जान इच्छा भएको र पैसा भएकालाई रोक्न सक्ने कानुनी प्रावधान छैन, व्यवस्था पनि छैन,’ उनले भने, ‘विदेशमा उपचार गराउनेलाई सरकारले खर्च नदिने कानुनी व्यवस्था लागू भइसकेको छ। उपचारका लागि विदेश जाने प्रचलन देखिएको भए पनि नेपालमा पनि धेरै जोखिमयुक्त उपचार पनि सम्भव भएको भन्दै उनले विश्वास गरेर नेपालमै उपचार गराउन आग्रह गरे।

Loading...

© Copyright 2015-2019 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology