शीतलहर प्रभावितलाई तत्काल राहतको व्यवस्था गर्न बाबुराम माग

                                   

काठमाडौं– नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराईले विगत केही दिनयता देशका विभिन्न जिल्लामा शीतलहर र चिसोका कारण झाडापखाला र ज्यान नै जाने क्रम बढेको भन्दै प्रभावित क्षेत्रमा तत्काल राहत र उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

डा.भटराइले सोमबार एक वक्तव्य जारी गर्दै प्रकोप नियन्त्रणमा सरकारको उदासिनताको भत्र्सना गरेका छन् ।

उनल विज्ञप्तिमा भनेका छन् ‘शीतलहर र झाडापखालाबाट दिनदिनै नागरिकहरुको ज्यान जाने क्रम बढ्दो छ । प्रकोप अगावै सरकारले नागरिकहरुको सुरक्षाको आवश्यक व्यवस्था गरेको भए नागरिकहरुको ज्यान जाने थिएन । सरकारको उदासिनताप्रति पार्टी खेद प्रकट गर्दछ ।’

प्रकाशित मिति - सोमवार, पुस २४, २०७४