सर्वोच्चको आदेशपछि डा. गोविन्द केसी पक्राउ

                                   

काठमाडौं – प्रहरीले आमरण अनसनमा रहेका डा। गोविन्द केसीलाई पक्राउ गरेको छ ।

अदालतको मानहानी मुद्दामा सर्वोच्चले डा। केसीलाई पक्राउ गरी भोलि मंगलबार विहान ९ बजे उपस्थित गराउन आदेश दिएको थियो ।

अदालतको आदेश आएको तीन घन्टापछि प्रहरीले केसीलाई अनसन स्थलबाटै उठाएको हो । केसीलाई प्रहरीले पक्राउ गरेको डा। जीवन क्षत्रीले अनलाइनखबरलाई जानकारी दिए ।

डा। केसीलाई पक्राउ गर्न काठमाडौं प्रहरी परिसरका एसपी रामदत्त जोशी नेतृत्वको टोली पुगेको थियो । उनलार्इ सिंहरदबार प्रहरी कहाँ राख्ने सम्भावना छ ।

प्रकाशित मिति - सोमवार, पुस २४, २०७४