Prakash

पोखरा र चीनको नानिंग महानगरपालिका भगिनी सम्बन्धमा

कास्कीको पोखरा लेखनाथ महानगरपालिका र छिमेकी मित्रराष्ट्र चीनको नानिंग महानगरपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ ।चीन भ्रमणमा रहेका पोखरा लेखनाथ महानगरपालिकाका मेयर मान बहादुर जिसी र नानिंग महानगरपालिकाका मेयर जोउ होङबोले भगिनी सम्बन्ध कायम गर्ने सम्झौता पत्रमा बिहीबार हस्ताक्षर गरेका हुन् ।कार्यक्रममा पोखराका मेयर जिसीले पोखरा र नानिंगको सम्बन्धले नेपाल र चीनबीच सदियौँदेखि रहँदै आएको सम्बन्धलाई अझ प्रगाढ बनाउन मद्दत मिल्ने बताए । भगिनी सम्बन्ध सँगै दुई शहरबीच पर्यटक आगमनमा सहयोग हुने र चिनियाँ पर्यटकको पोखरामा आगमन बृद्धि हुने उनले बताए । चीनको सहयोगमा नेपालमा ठूला ठूला योजनाहरु सम्पन्न भइसकेको बताउँदै नानिंग र पोखरा बीचको सम्बन्धले पक्कै पनि पोखरामा नानिंगका पर्यटन र पोखराको बिकासमा थप टेवा पुग्ने समेत जिसीले बताए ।

नानिंगमा मेयर होङबोले नेपाल र चीन बीचको सम्बन्धलाई अझ प्रगाढ गराउँदै भगिनी सम्बन्धले दुई महानगरबीच सेतु पुलको काम गर्ने बताउँदै छिटै आफूले पोखराको भ्रमण गरी आफ्ना नगरबासीलाई पोखरा घुम्नका लागि सन्देश प्रदान गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । नानिंगमा एसियाकै नमुना अन्तर्राष्ट्रिय बिमानस्थल निर्माण भईरहेको जानकारी दिँदै चीनको लगानीमा पोखरामा अन्तराष्ट्रिय स्तरको विमानस्थल निर्माण भईरहेको समेत बताए ।कार्यक्रममा नानिंङका सुरक्षा प्रमुख हुयाङ जोङछेङ, विदेश विभाग प्रमुख पेङ जियन, लगानी प्रबर्द्धन प्रमुख लियङ फेङग, पर्यटन बिकास संघका लिन हुइचाओकोसँगै नेपालका पर्यटन ब्यवसायी नरेश भट्टराई, गणेश भट्टराई र नेपाल पर्यटन वोर्ड प्रदेश कार्यालय पोखराका प्रमुख सूर्य थपलिया लगायतले नानिंग र पोखरा महानगरबीचको भगिनी सम्बन्धले दुबै शहरका लागि फाईदा हुने धारणा राखेका थिए । नयाँ पत्रिकाले लेखेको छ l

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology