Prakash

विन्ध्यवासिनी माविको ७१आँैे वार्षिकोत्सव सम्पन्न

भूपू विद्यार्थी सांसदलाई सम्मान

पोखरा, पुस २८ गते । पोखरा लेखनाथ १६ बाटुलेचौैरमा रहेको विन्ध्यवासिनी माविको ७१आँै वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रा थापाको अध्यक्षतामा भएको कार्यव्रmममा कास्की क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य एवम् संसदीय विकास समितिका पूर्व सभापति रविन्द्र अधिकारीलेसामुदायिक विद्यालय नसुधारेसम्म नेपालको दुई खाले शिक्षाको अन्त्य नहुने बताए । उनले सरकारी शिक्षक , कर्मचारी बरु जागिर छोड्न तयार हुने तर आफ्ना बाबुनानीलाई सामुदायिक विद्यालयमा पढाउन तयार नहुने परिपाटिको अन्त्य हुनपर्नेमा जोड दिए ।
प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले वार्षिक प्रगति प्रतिवेदन र लेखापाल जीवनारायण श्रेष्ठ जीवनले आर्थिक प्रतिवेदन पेस गरेका कार्यक्रममा विन्ध्यवासिनी माविको हाताभित्र मुक्तिनाथ स्मृति प्रतिष्ठाद्वारा निर्मित विद्यालयका संस्थापक प्रअ स्व. मुक्तिनाथ तिमिल्सिनाको सालिक अनावरण गरिएको थियो । भर्खरै सम्पन्न निर्वाचनमा प्रतिनिधि तथा प्रदेश सभामा कास्कीबाट निर्वाचित रविन्द्र अधिकारी, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष कृष्ण थापा, कास्की क्षेत्र नं. २ (ख)बाट निर्वाचित विन्दुकुमार थापा, पूर्व विद्यार्थी तथा पूर्व मन्त्री कुमार खड्कालाई विद्यालयले सम्मान गरेको थियो । यस्तै, दीर्घसेवा पदकबाट पूर्व प्रअ खिमलाल अधिकारी, शिक्षक मानबहादुर केसी, सीताकुमारी बस्नेत, कर्मचारी राजकुमार तिमिल्सिना र लक्ष्मण खवास जनही १० हजार रुपैयाँ नगद र ताम्रपत्रसहित सम्मानित भएका थिए । त्यसै गरी, १५ वर्ष सेवा गरेवापत राजेन्द्र देवकोटा, भोजबहादुर थापा, श्रीधर न्यौपाने, निर्मल सापकोटा, हिमलाल आचार्य, दुर्गाप्रसाद पौडेल, विष्णुप्रसाद अधिकारी, शान्तिप्रभा बस्ताकोटी, पार्वती बानियाँ, झरीमाया सुनार, खरिदार भीमबहादुर गायक, कार्यालय सहयोगी वसन्त खड्का, अर्जुन खत्री, मङ्गले चर्मकार र टोपली गायक नगद ५ हजार रुपैयाँसहित सम्मानित भएका थिए ।
विशेष शिक्षक पुरस्कारबाट शिक्षक नारायणप्रसाद देवकोटा र वर्षविद्यार्थी पुरस्कारबाट विमल श्रेष्ठ सम्मानित भएका कार्यव्रmममा विभिन्न विषयमा शतप्रतिशत नतिजा ल्याउने विषय शिक्षकहरु भेषराज पौडेल, हिमलाल आचार्य, निर्मल सापकोटा, विष्णु पौडेल, दीपराज रेग्मी, ईश्वर खड्का, कृष्णप्रसाद आचार्य, जीवनाथ पौडेल, खेमराज पौडेल, महेन्द्रप्रसाद पौडेल, दीपक सुवेदी, यशाेदा अधिकारीलगायतलाई सम्मान गरिएको थियो । यस्तै तहगत शिक्षक सम्मानअन्तरगत आधारभूत तहबाट यमकुमारी पौडेल, प्राथमिक तहमा गीता कुँवर र विष्णु गौतम, निम्न माध्यमिक तहमा महेन्द्रप्रसाद पौडेल, माध्यमिकतर्फ नवीनचन्द्र अधिकारी सम्मानित भएका थिए ।
शिक्षक भेषराज पौडेल, ईश्वर खड्का र महेन्द्रमणि पौडेलको सञ्चालनमा भएको कार्यव्रmममा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष गोविन्दबहादुर बस्नेत, शिक्षक अभिभावक सङ्घका अध्यक्ष शिवराम पौडेल, सहायक जिल्ला शिक्षा अधिकारी दामोदर सुवेदी, पोलेमनपा शिक्षा विभागका प्रमुख समन्तमणि आचार्य, पूर्व मन्त्री कुमार खड्कालगायतले बोलेका थिए । सोही अवसरमा विद्यालयको मुखपत्र प्रकाशनमा महत्त्वपूर्ण योगदान गरेको भन्दै पत्रकार तथा शिक्षक भेषराज पौडेललाई विशेष सम्मान गरिएको थियो ।
सोही समारोहमा पूर्व प्रअ खिमलाल अधिकारीले पुरस्कारस्वरुप प्राप्त गरेको रु. १० हजारमा ४१ हजार १११ थप गरी रु. ५१ हजार १११ को छात्रवृत्ति अक्षयकोषको स्थापना गर्नुभएको थियो । विभिन्न अक्षयकोषबाट प्राप्त रकम छात्रवृत्तिका रुपमा वितरण गरिएको कार्यव्रmममा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक तथा कलात्मक प्रस्तुतिहरु राखेका थिए ।
वि. सं. २००४ सालमा स्थापित सो विद्यालयमा हाल कक्षा नर्सरीदेखि १२ सम्म ११०० जना विद्यार्थी अध्ययनरत छन् भने ७९ जना शिक्षक÷कर्मचारी कार्यरत छन् ।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology