ओली के गर्दैछन बैंककमा ?

                                   

काठमाडौँ – एमालेका अध्यक्ष केपी शर्मा ओली बिहीबार स्वदेश फर्कने भएका छन । नियमित स्वास्थ्योपचारका लागि गत पुस २६ गते थाइल्याण्डको बैंककमा गएका थिए । उनको स्वदेश फर्कने कार्यक्रम रहेकामा दुई दिन थप भई यही माघ ४ गते फर्कने उनका सञ्चार संयोजक चेतन अधिकारीले जानकारी दिए । पूर्वप्रधानमन्त्री ओलीको बैंककको बुमरुङगार्ड अन्तर्राष्ट्रिय अस्पतालमा स्वास्थ्य परीक्षणपछि सबै प्रतिवेदन सामान्य देखिएको छ । उनका अनुसार ओलीको मिर्गौलासहितका अंगहरूको परीक्षण गरिएको छ । एमाले प्रचार विभागका सचिव विष्णु रिजालका अनुसार उनी मंगलबार र बुधबार निजी पारिवारिक भ्रमणमा रहने भएका छन ।

प्रकाशित मिति - मङ्लबार, माघ २, २०७४