प्रहारन्युज डेक्स

जोर्डनमा नेपाली चेलीको रहस्यमय मृत्यु

काठमाडौं – वैदेशिक रोजगारीका क्रममा जोर्डन पुगेका दुई नेपालीले ज्यान गुमाएका छन् ।

कमलपोखरीस्थित एसईई म्यानपावरमार्फत ती चेली जोर्डन पुगेका थिए ।

क्लासिक कम्पनीमा गामेन्टको कामका लागि गएका दुई जनाको एक महिनाभित्र एउटै भवनमा ज्यान गएको हो ।

पछिल्लाे पटक सिन्धुलीपाल्चोक बाह्रबिसे थापाउँकी रोशनी रसाईली बाथरुममा झुन्डिएको अवस्थामा भेटिएकी थिइन् ।

बिहान बाथरुम जान्छु भनी निस्किएकी रसाईली नफर्किएपछि बाथरुम गई हेर्दा मृत अवस्थामा भेटिएको प्रत्यक्षदर्शी नेपाली युवतीले जानकारी दिइन् । आजको नेपाल समाचारपत्रमा खबर छ ।

Loading...

© Copyright 2015-2019 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology