प्रहारन्युज डेक्स

विप्लवको नाममा दुई करोड माग्ने कांग्रेसका नेतासहित चार जना पक्राउ

नेत्र विक्रम चन्द विप्लव नेतृतवको नेकपाको नाममा दुई करोड माग्ने नेपाली कांग्रेसका नेतासहित चार जनालाई प्रहरी प्रक्राउ गरेको छ । नेकपाको कार्यकर्ता भन्दै व्यवसायीबाट दुई करोड रुपैयाँ मागेको आरोपमा तरुण दलका केन्द्रीय महाधिवेशन प्रतिनिधिसहित चार जनालाई प्रहरीले प्रक्राउ गरेको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनिहरुलाई काठमाडौंको विभिन्न ठाउँबाट प्रक्राउ गरेको हो । उनिहरुको विषयमा थप अनुसन्धान भईरहेको केन्द्रिय अनुसन्धान ब्युरो सीआइबीले जनाएको छ ।

नेपाली तरुण दलका महाधिवेशन प्रतिनिधि गोरखा अजिरकोट–४ का ४० वर्षीय चेतबहादुर गुरुङ, २८ वर्षीय सोमबहादुर गुरुङ, गोरखा सिरानचोक–८ का ३८ वर्षीय वसन्त भनिने वीरबहादुर गुरुङ र सुलिकोट–४ का २३ वर्षीय गणेश भनिने सुनिल ढकाललाई प्रहरीले प्रक्राउ गरेको हो ।

उनीहरुलाई अपहरण तथा शरीर बन्धक उद्योग अन्तरगत मुद्दा दर्ता गरेर ५ दिन म्याद थप गरी अनुसन्धान सुरु गरिएको ब्यूरोका प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले बताए ।

उनीहरुले रकम नदिएमा घर बमले उठाइदिने र ज्यान मार्ने भन्दै धम्की समेत दिएको उपरिक्षक श्रेष्ठले जानकारी दिए । सीआइबीका अनुसार चन्दा असुली योजनामा चेतबहादुर मुख्य योजनाकार हुन् भने वसन्तले भारतको दिल्लीमा गएर भारतीय नम्बरबाट एसएमएस गरेर धम्क्याएका थिए ।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology