प्रहार न्युज

  • ११
  • १२
  • १३

संविधानमा मिल्ने भए हामी दुबै प्रधानमन्त्री हुन्थ्यौ : ओली

काठमाडौं – हाँसो, ठट्टा, उखान र टुक्का प्रहार गरी हँसाउन गर्न माहिर प्रधानमन्त्री तथा नेकपाका अध्यक्षक केपी शर्मा ओलीले संविधानमा मिल्ने भए प्रचण्ड र आफु दुबै जना एकै पटक देशको प्रधानमन्त्री बन्ने बताएका छन् ।

तत्कालीन एमाले र माओवादी केन्द्रका कानुन व्यवसायीहरुको संगठनलाई एकीकरण गर्न आईतबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजना गरिएको कार्यक्रममा बोल्दै उनले देशलाई समृद्ध बनाउन गरिएको दुई अध्यक्षबीचको एकता कसैले पनि तोडन् नसक्ने बताए । उनले मुलुक बनाउने संकल्पका साथ भएको दुई अध्यक्षबीचको एकता विश्वमै नमूना एकता भएको पनि बताए । ओलीले दुई अध्यक्षबीच फाटो ल्याउन प्रतिक्रियावादीहरुले कोशिस गरिरहेको आरोप लगाउँदै असभ्य ढंगले प्रस्तुत हुने बुद्धिजीविहरुलाई आफूले सचेत गराउँदा पनि त्यसलाई अन्यथा प्रचार गरिएकोमा आपत्ति जनाए । उनले राष्ट्रपति जस्तो गणतन्त्र नेपालको सम्मानित तथा मर्यादित संस्थालाई निरन्तर आक्रमण प्रयास भइरहेको भन्दै आक्रोश पनि व्यक्त गरे ।

Loading...

© Copyright 2015-2019 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology