प्रहार न्युज

  • १०
  • ११
  • १२

आफ्ना प्रबक्ता प्रकाण्डका नाममा पक्राउ पुर्जी जारी पछि यस्तो भने विप्लवले

काठमाडौँ – नेत्र विक्रम चन्द नेतृत्वको नेकपाले पाविप्लवर्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डका नाममा सरकारले पक्राउ पुर्जी जारी गरेकोमा विरोध जनाएको छ । आईतबार पार्टी महासचिव विप्लवद्वारा जारी विज्ञप्तिमा सरकारले वार्ताको आह्वान गर्दै पक्राउ पुर्जी जारी गर्नु आपतिजनक भएको हुँदा यस्तो हर्कतको सामना गर्न आफूहरु सक्षाम रहेको बताइएको हो। सरकारले एकातिर वार्ताका लागि आह्वान गर्ने र अर्कोतिर खारेज भइसकेका मुद्दा ब्युँताएर दमन गर्न खोजेको भन्दै जनविरोधी हर्कतको डटेर सामना गर्ने विज्ञप्तिमा बताइएको छ। विप्लवले आइतबार जारी गरेको विज्ञप्तिमा हाम्रो पार्टीको निर्देशन र नेतृत्वमा जनताको निरन्तर सङ्घर्षका कारण न्यायालयले खारेज गरिसकेको उदयपुर र संखुवासभाको मुद्दालाई पुनः ब्युँताएको भन्दै आक्रोश व्यक्त गरिएको छ। नेकपाले वर्तमान सरकारलाई ‘दलाल’को संज्ञा दिँदै जनतामाथि महँगी, भ्रष्टाचार, सामाजिक असुरक्षलाई बढावा दिइरहेको आरोपसमेत लगाएको छ।

Loading...

© Copyright 2015-2019 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology