प्रहार न्युज

  • ११
  • १२
  • १३

प्रचण्ड संग ओली फायर ! भेनेजुएलाको मामिलामा अर्को विज्ञप्ति निकाल्ने ओलीको तयारी

काठमाण्डौ – प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओली पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग असन्तुष्ट छन् । आफूसँग कुनै सरसल्लाह नै नगरी भेनेजुएलाको आन्तरिक मामिलामा अमेरिका र उसका सहयोगी राष्ट्रबाट भएको हस्तक्षेपको निन्दा गर्दै हतारिएर दाहालले प्रेस विज्ञप्ती जारी गरेको भन्दै ओली र उनका पक्षधर असन्तुष्ट भएका हुन् ।

यो पनि पढ्नुहोस्
दाहालद्वारा जारी विज्ञप्तीमा भेनेजुएलाका विपक्षी दलका सांसद हुँवान गुएइदो राष्ट्रपति रहेको भनिएको स्वघोषित अन्तरिम सरकारलाई अमेरिका र उसका सहयोगी राष्ट्रहरूले समर्थन गर्नुलाई भेनेजुएलाको आन्तरिक मामिलामाथिको हस्तक्षेप भनिएको छ । त्यतिमात्रै नभएर दाहालले अमेरिकी कदमलाई संयुक्त राष्ट्रसङ्घीय बडापत्रमाथिको सीधा चुनौती पनि भनेका थिए । दाहाल विज्ञप्तीले अमेरिका नेपालसँग रुष्ट भएको अनुमान गरिएको छ । ओलीको असन्तुष्टी पनि यसैमा हो । अमेरिका रुष्ट हुनेगरी विज्ञप्ति जारी गर्न जरुरी थिएन भन्ने तर्क ओलीको छ । विज्ञप्तिको विषयले नेकपाभित्र बहस सुरु भएको छ । दाहालले निकालेको विज्ञप्तिलाई खण्डन गरेर अर्को विज्ञप्ति निकाल्नेसम्मको छलफल चलिरहेको स्रोतले जनाएको छ । दाहालले निकालेको विज्ञप्तिको विषयमा असन्तुष्टी जनाउँदै अमेरिकाले नेपाल सरकारकै धारणा सार्वजनिक गर्न दबाब पनि दिइरहेको छ । यस विषयमा प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीबीच पनि छलफल भएको छ । यस विषयमा सरकारले विज्ञप्ति निकाल्ने तयारी गरिरहेको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहाकार डा. राजन भट्टराईले जानकारी दिएका छन् । रिपोर्टस नेपाल डटकमसँग कुरा गर्दै डा. भट्टराईले विज्ञप्ति निकाल्ने विषयमा छलफल चलिरहेको बताए ।

Loading...

© Copyright 2015-2019 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology