प्रहार न्युज

  • ११
  • १२
  • १३

नेपाली कांग्रेसले सरकारविरुद्ध थप कार्यक्रम तय गर्ने !

काठमाडौं – पार्टीको आन्तरिक विषयमा छलफल तथा सरकारविरुद्ध थप कार्यक्रम तय गर्न आज कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दैछ । सरकारी कदमको विरोधलाई कसरी प्रभावकारी र शसक्त रुपमा अघि बढाउने विषयमा कार्यसमितिमा छलफल हुने बताइएको छ । महासमितिले पारित गरेको पार्टी विधान, राजनीतिक र आर्थिक प्रस्ताव परिमार्जनसहित टुंग्याउने विषयमा पनि बैठकमा छलफल गरिने उपसभापति विमलेन्द्र निधिले जानकारी दिए । बैठकमा माघ २१ गते देशव्यापी गरेको आन्दोलनको समीक्षा समेत हुनेछ । बैठकले नेविसंघको महाधिवेशनका विषयमा समेत निर्णय लिने बताइएको छ । नैनसिंह महर नेतृत्वको वर्तमान कार्यसमिति विघटन गर्ने वा महाधिवेशनका लागि थप समय दिने भन्ने विषयमा समेत बैठकमा छलफल हुने बताइएको छ ।

Loading...

© Copyright 2015-2019 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology