कांग्रेसमा युवा नेताहरुले टिकट पाएनन्


काठमाडौं–  नेपाली कांग्रेसका युवा नेताहरुले प्रतिनिधि सभा र प्रदेश सभाको लागि टिकट नपाउने भएपछि पार्टीमा बबण्डर मच्चिएको छ । समग्रमा हेर्ने हो भने १८ देखि ४० वर्षसम्म उमेरका युवाहरुको संख्या करिब ६० प्रतिशत छ । यस्तो अवस्थामा युवा नेताहरुको ठूलो जमातलाई टिकट नदिनु गम्भिर त्रुटीको रुपमा औंल्याउँदै जिल्ला–जिल्लाबाट युवा नेता समर्थित कार्यकर्ताहरुको भेट यतिबेला राजधानी केन्द्रीत भएको छ ।

पार्टीका युवा नेताहरुले टिकट नपाउँदा समग्र युवाहरुको आन्दोलन, युवाहरुको दृष्टकोण, आकर्षण र उत्साहलाई कमजोर बनाउँछ भन्ने आम नेपाली कांग्रेसी युवा नेताहरुको बुझाई छ । पार्टी नेतृत्वकर्ताहरुले नातागोतामा केन्द्रीत रहेर टिकट बाँडेको भन्दै नेता तथा कार्यकर्ताहरुले आपत्ति जनाएका छन् । अरु पार्टीबाट युवा नेताहरुलाई टिकट दिइरहेको अवस्थामा नेपाली कांग्रेसमा नदिइनु विज्ञहरुको बुझाईमा कांग्रेस पतन हुने अवस्थामा रहेको बताउँछन् ।

पार्टी सभापति शेरबहादुर देउवाले आफ्नै श्रीमती आरजु राणा देउवालाई समेत टिकट दिलाउन जोड गरेका छन् । त्यस्तै महेश आचार्यले पनि आफ्नो सम्धी विश्वनाथ रिजाल ‘त्रिलोचन’ दाई टिकट दिलाउन जोड गरेका छन् । मोरङ क्षेत्र नं. ४ कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता गुरुराज घिमिरेलाई प्रदेश सभाको टिकटबाट वञ्चित गरेर आचार्यले सम्धीलाई टिकट दिलाउने प्रयास गरेपछि देशभरका युवा नेताहरुले पार्टीप्रति आक्रोश पोखेका छन् ।

यदी यसरी नै नेपाली कांग्रेसले युवा नेताहरुलाई उपेक्षा गर्ने हो भने पार्टी नेतृत्वविरुद्व आक्रोश बढेर पार्टीमा ठूलो क्षति हुने स्थिति रहेको कांग्रेसका एक युवा नेताले बताए ।

यी हुन् टिकटको लागि आकांक्षी युवा नेताहरु
१. रन्जित कर्ण (नेविसघंको पूर्व केन्द्रीय अध्यक्ष)
२. गुरुराज घिमिरे (नेविसघंको पूर्व केन्द्रीय अध्यक्ष तथा केन्द्रीय सदस्य)
३. महेन्द्र शर्मा (नेविसघंको पूर्व केन्द्रीय अध्यक्ष)
४. केशव सिंह (नेविसघंको पूर्व केन्द्रीय अध्यक्ष)
५. प्रदिप पौडेल (नेविसघंको पूर्व केन्द्रीय अध्यक्ष तथा केन्द्रीय सदस्य)
६. बद्री पाण्डे (केन्द्रीय सदस्य)

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार