प्रहार न्युज

प्रदीप ज्ञवालीको प्रश्न के गर्दै हुनुहुन्छ प्रधानमन्त्री/गृहमन्त्री ज्यु ?

गुल्मी – प्रमुख विपक्षी दल नेकपा ९एमाले० सचिव प्रदीप ज्ञवालीले सरकारले उम्मेदवारको सुरक्षामा उदासिनता देखाएको आरोप लगाएका छन् ।

क्षेत्र नं। १ को प्रतिनिधिसभा उम्मेदवार समेत रहेका ज्ञवालीले रेसुंगा नगरपालिका(१० सिमिचौरको चुनावी सभालाई सम्बोधन गर्दै देशभर चुनाव लक्षित हिंसात्मक गतिविधि बढिरहँदा समेत सरकार नबोलेको र चुनावी सुरक्षामा ध्यान नदिएको टिप्पणी गरेका हुन् । उनले केही दिनदेखि भइरहेका उम्मेदवार लक्षित श्रृङ्खलाबद्ध विस्फोटका घटनाको निन्दा गर्दै सरकारको जवाफ मागे ।

गृह मन्त्रालयको जिम्मेवारी समेत सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव सार्ने सबै योजना बिफल भएपछि अहिले हिंसात्मक घटना अघि सारेको आरोप लगाए । ‘देशभर चुनाव लक्षित हिंसात्मक घटना भइरहेका छन्,’ उनले भने, ‘गृह मन्त्रालय समेत सम्हालेका प्रधानमन्त्री यस विषयमा बोल्नु पर्दैन रु’ यस्तै हिंसात्मक घटना वृद्धि गराएर चुनाव रोक्ने मानसिकतामा भए त्यसको प्रधानमन्त्रीले ठूलो मूल्य चुकाउनु पर्ने उनले बताए ।

आक्रमण, अराजकता र हिंसात्मक घटना नियन्त्रण गरी शान्ति सुरक्षा कायम गर्न उनले सरकारसँग आग्रह गरे । उनले हिंसात्मक घटनामा संलग्न समूहलाई पनि देश संविधान कार्यान्वयन गर्दै समाजवादमा उन्मुख भइरहेको बेला जनताको अपेक्षाविपरीतका आक्रमण र अराजक गतिविधिमा नलाग्न आग्रह गरे । ‘सबै जनता निर्वाचनमार्फत आफ्ना अधिकार स्थापित गर्न आतुर छन्,’ उनले भने, ‘यस्तो बेला हुने आक्रमण र अराजक गतिविधिले सिंगो मुलुक र राजनीतिका लागि हित गर्दैन ।’

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology