जनताको गुन तिरेरै छाड्छु : दीपक कोइराला


 

 

रविन्द्र अधिकारी

वि.स. २०३५ साल भाद्र १ गते गोर्खा जिल्लाको भिमसेन गाउँपालिकामा पिता नन्दलाल कोइराला र माता जुनी कोइरालाको कोखबाट जन्मिनु भएका सभ्य, शिष्ट र शालिन व्यत्तित्वका धनि कास्की जिल्ला प्रदेश सभा १ (क) का वाम गठबन्धनका प्रभावशाली युवा उम्मेदवारको नाम हो दीपक कोइराला । अध्ययनको क्रममा भरतपुरको वीरेन्द्र बहुमुखी क्याम्पसबाट विद्यार्थी जीवनदेखि नै राजनीति मा लाग्नुभएका कोइरालाको औपचारिक राजनैतिक यात्रा २०४८ सालमा अखिलको साधारण सदस्यताबाट सुरु भयो । सानैदेखि निडर र निर्भीक स्वभावका धनी कोइराला लाई समाजमा व्याप्त जातिय छुवाछुत, गरिबी, असमानता र तत्कालिन राज्य संचालनका विभेदीकरण निति जस्ता कुराले कम्युनिष्ट राजनीति प्रति आकर्षित बनायो ।
२०५६ सालमा जनयुद्धको क्रममा पार्टीको फर्मेशनमा चितवनमा रहँदा भाइस कमाण्डरको रुपमा जनआन्दोलनमा होमिनु भएका कोइराला २०५८ सालमा पार्टिको निर्देशनमा प्लाटुन कमाण्डरको रुपमा लमजुङ्ग पुग्नु भयो । जनयुद्धका क्रममा निधारमा कफन बाँध्दै हत्केलामा मृत्यु बोकेर ज्यानको पर्वाह नराखी समाज परिवर्तनका खातिर सतिसालझैै उभिदै लडाईका विभिन्न मोर्चा सम्हाल्दै आउनु भएका कोइराला २०५८ सालमा भोर्लेटारको प्रहरी चौकी आक्रमणमा परेर घाइते हुनु भयो । घाइते भएपछि थप उपचारका लागि पोखरा ल्याइए सँगै हालका मितिसम्म अनवरत रुपमा कास्कीको माओवादी केन्द्रको राजनीतिका सक्रिय हुनुहुन्छ । माओवादी आन्दोलन शान्ति प्रक्रियामा आइसकेपछि र लडाकु जवान व्यारेक प्रवेश गरिसकेपछि समानान्तर शक्ति केन्द्रको रुपमा योङ कम्युष्टि लिग कास्कीको संस्थापक अध्यक्ष, नेपाल क्रिकेट संघ ९ऋब्ल्० को ४ वर्षसम्म उपाध्यक्ष, ८ महिनासम्म कार्यवाहक अध्यक्ष, क्षेत्रिय खेलकुद विकास समितिको अध्यक्ष, पार्टिको केन्द्रिय तथा पोलिटव्युरो सदस्य र सम्भवत माओवादी केन्द्रको राजनीतिमा भनौ वा कास्की जिल्लामा नै प्रथम निर्वाचित जिल्ला अध्यक्षको रुपमा कोइरालाले काम गरिसक्नु भएको छ ।
बोलिमा भन्दा काममा बढी विश्वास गर्ने मृदुुभाषी र सरल स्वाभावका धनी कोइराला विशेषगरी कृषि, युवा, पर्यटन र खेलकुदलाई आप्mनो पहिलो प्राथमिकतामा राख्नुहुन्छ । नेपाल क्रिकेट संघको उपाध्यक्ष र कार्यवहाक अध्यक्ष हुदाँ उहाले नेपालमा क्रिकेटको विकासको लागि थाल्नुभएको क्रिकेटको व्यवसायिकरण, त्।ग् क्रिकेट ग्राउण्डको स्तरोन्नोती एंव सुधार, मूलपानी क्रिकेट ग्राउण्ड लाई अन्तराष्ट्रिय मापदण्ड अनुरुप विकास गर्ने कार्यको थालनी लगायतका कामलार्ई नेपाली खेलकुद प्रेमीले कहिल्यै पनि भुल्ने छैनन् ।
सर्वसाधारण जनताको विकास र संवृद्धिलाई आप्mनो मूल मात्र ठान्ने कोइराला वाम गठवन्धनको कान्छो र युवा साथै विकास प्रेमी उम्मेदवार भएकाले सम्पूर्ण कस्केली जनता र युवा वर्गको ढुकढुकी हुनुहुन्छ । कम उमेरमै कार्यअनुभवका आधारमा आफुलाई एक सक्षम र परिपक्व व्यक्तिको रुपमा विकास गर्न सफल कोइरालामा घमण्ड र अहमको भावना एकरत्ती पनि छैन् । दाजु, तपार्ई त चितवनको बासिन्दा के कस्केली जनताले पत्याउलान त ? भन्ने हाम्रो प्रश्नमा उहाँले भावुक हुदै भन्नुभयो –मैले जन्मभुमीको रुपमा गोर्खा, वाल्यकाल चितवन र कर्मभुमिका रुपमा कास्कीलाई लिने गर्छु । हिजो जनयुद्धका क्रममा मलाई सम्पूर्ण कस्केली बा–आमा दाजुभाई दिदी बहिनीहरुले दुश्मनबाट जोगाउदैँ आप्mनै मुखको गास काटेर खुवाउन भयो सायद उहाँहरुले यति माया नगरेको भए आज म शहिदको रुपमा हुने थिए । सम्पूर्ण कस्केली जनतासँग मेरो हृदयदेखि नै भावानात्मक सम्बन्ध छ । म उहाँहरु प्राितको ऋणी छु संयोगवश समय र परिवर्तनले आज उहाँहरुको गुन तिर्ने ठाउँमा उभ्याएको छ । म उहाँहरुको गुन तिरेरै छाड्नेछु । यस अर्थमा पनि दीपक कोइरालाको कस्केली जनता प्रतिको श्रम र विश्वास माया के कति छ भन्ने कुरा प्रष्ट रुपमा बुझन सकिन्छ ।
के छन त कोइरालाका आप्mनो प्रदेश क्षेत्र सम्बन्धी कार्ययोजना ः
समग्र जनता र देश को मुहार फेर्छ भनेर राजनीतिक यात्रामा होमिएको व्यक्तिलाई हुन त कुनै सीमा वा परिधिले बाध्न सक्दैन । यद्यपी जुन समुदाय र क्षेत्रका व्यक्तिले विश्वास र भरोसा गरेर मत दिँदै हुनहन्छ उहाँहरुलाई आप्mनो भगवान सरह ठान्ने कोइराला जनताले आप्mनो अमुल्य मत दिएर जिताउनुहुन्छ भन्ने कुरामा विश्वस्त हुनुहुन्छ । सात तालको नगरी पोखरा भित्र रहेका रुपा, वेगनास खास्टे, दिपाङ्ग लगायतका तालको संरक्षण र सम्वद्र्धन गरी तिनीहरुलाई एक पर्यटकीय गन्तव्यको रुापमा विकास गरि जनताको जीवनस्तरमा सुधार ल्याउनु, विदेशिएको युवा शक्ति लाई आप्mनै देशभित्र काम गर्न सक्ने खालका विकासका परियोजनाहरु संचालन गरि रोजगारीको अवसर प्रदान गर्नु, आधुनिक तथा व्यवसायिक कृषिमा जोड दिदै आप्mनो निर्वाचन क्षेत्रलाई कृषिमा आत्मनिर्भर बनाउनु, आप्mनो क्षेत्रका जनताको माग र आवश्यकतालाई ध्यानमा राखी योजना तथा कार्यक्रमको निर्माण गरी अघि बढ्ने कुरामा कोइराला दृढ हुनुहुन्छ । साथै वाम गठवन्धनले आप्mनो घोषणपत्रका उल्लेख गरेका निति तथा कार्यक्रमलाई पुरा गर्नेतर्पm पनि कोइराला त्यतिकै प्रतिबद्ध देखिनुहुन्छ ।
‘जिउदो सहिद हो‘ दिपक कोइराला जनताको परिवर्तन र मुक्तिका लागि अनवरत रुपमा आफुलाई राजनीतिमा समर्पित गर्नुभएका कोइराला सँगैका साथी दुश्मनको गोली लागेर ढल्दा मृत्यु लार्य जितेर फर्कनु भयो । आप्mनो सम्पूर्ण जिवन जनताको सेवामा खर्चने संकल्प गर्नुभएका कोइराला हाल प्रदेश सभाको उम्मेदवारको रुपमा मैदानमा हुनुहुन्छ । जनताले नेतृत्व तहमा सक्षम र केहि गर्छ भन्ने युवा वर्गको महसुस कमै मात्र गर्न पाए जतिले अवसर पाए ती सबैले आफुलाई अब्बल रुपमा प्रस्तुत गरेका छन् । ढल्केको उमेर र फुलेको कपालले मात्रै मान्छेलाई परिपक्वताको कसीमा नउभ्याउदो रहेछ भन्ने कुराको ज्वलन्त उदाहरण हो दीपक कोइराला । आज जीवनको तेस्रो दशकमा शोषित र उत्पीडित जनताको खातिर लड्दालड्दै समयले कोइरालालाई एक संघर्षशिल जुझारु, सक्षम र परिपक्व व्यक्तिको रmपमा उभ्यायो । फलत पार्टिभित्र र वामगठवन्धनमा पनि निकै लामो समय काम गरेका व्यक्तिहरु हुदाहुदै पनि वाम गठवन्धनले निकै आशा र भरोसा राखेर साझा उमेदवारको रुपमा उनलाई रुपमा अघि सार्यो । कोइरालाको स्वच्छ छवि, युवा उमेर, कार्यसम्पादन गर्ने कुशल क्षमता, नेतृत्वदायि भूमिका र आप्mनो क्षेत्र भित्रका जनताको विकासकालागि स्पष्ट रुपमा कोरिएका खाका तथा कार्यक्रम नै कोइरालाले प्रदेशसभामा निर्वाचित गराउने महत्वपूर्ण आधार हुन् । प्रदेश सभामा उनको मूख्य प्रतिस्पर्धीको रुपमा लोकतान्त्रिक गठवन्धनका जीवन परियारलार्ई लिइन्छ । परियार आफु यहिको स्थानिय बासिन्दा भएको र दलित र उत्पीडित जनताका प्रतिनिधित्व भएको भन्दै चुनावी अभियानमा छन् भने कोइराला यसलार्ई ठाडै अस्विकार गर्छन । ‘जुन पार्टीको विचार सिद्धान्त पूजीवादी सोच र प्रकृतिको छ, जसले गरिब निमुखा, दलित, उत्पीडित र पिछडिएका वर्गको प्रतिनिधत्व कहिल्यै गर्न सकेन त्यस्तो व्यक्ति वा पार्टिले म दलित उत्पिडीत समुदायको प्रतिनिधित्व गर्छु भन्न आपैmमा हाँस्यापद छ उहाँ भन्नुहुन्छ‘ ।
कोइरालाको चुनावी क्षेत्रभित्र पो.ले.म.न.पा का २६,२७,२९,३०, ३१, ३२ वडा र रुपा गाउँपालिका पर्दछन् । स्थानिय तहको निर्वाचनमा रुपा गाउँपालिका मा एमालेका नवराज ओझा विजयी हुनुभएको थियो भने बाँकी वडाहरुमा पनि वाम गठवन्धनको राम्रो पकड देखिन्छ । भर्खरै मात्र सम्पन्न स्थानिय तहको निवाृचनको मतपरिणमलाई विश्लेषण गरेर हेर्ने हो भने वाम गठवन्धनको पक्षमा १७६८३ मत र लोकतान्त्रिक गठवन्धनको १२७५९मत देखिएकाले स्थानिय निर्वाचनको मतलाई मात्र जोगाउन सक्ने हो भने पनि कोइरालाको जित सुनिश्चित हुने देखिन्छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार