प्रहारन्युज डेक्स

विश्वकप हेरेर फर्किँदा पहिरोले बगाएर एकजना बेपत्ता

ताप्लेजुङ –  पहिरोले बगाउँदा एक जना बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा ताप्लेजुङको पथीभरा मोटरसाइकिल वर्कशपमा काम गर्ने ईलाम घर भइ २६ वर्षका सनम राई रहेको जिल्ला प्रहरी कार्यालयले बताउनुभयो ।

विश्वकप फुटबल हेर्न जिल्ला सदरमुकामदेखि केही पर हाङ्देवामा गएर फर्कने क्रममा रातको ११ बजे मोटरसाइकल सहित पहिरोले बगाएको हो । मोटर साईकल केही तल भेटिए पनि राई फेला नपरेको प्रहरीले बताएकोछ।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology