प्रहारन्युज डेक्स

बोलेरो दुर्घटनामा पाँचको मृत्यु

चौतारा –  सिन्धुपाल्चोकको किटेनीबाट मानेखर्कतर्फ जाँदै गरेको लु १ ख ९९९ नंंको बलेरो जीप बिहीबार बेलुका ८ः१५ बजे दुर्घटना हुँदा घटनास्थलमा पाँच जनाको मृत्यु भएको छ । अन्य आठ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलले जानकारी दिनुभयो । मृत्यु हुनेमा पाँचपोखरी थाङ्पाल गाउँपालिका–३ भोटाङका ६५ वर्षीय भीमबहादुर तामाङ, ६० वर्षीया जयरानी तामाङ, ५६ वर्षीय पोदोम तामाङ, ५३ वर्षीया नानी तामाङ र २५ वर्षीया सुनमाया तामाङ छन् । गम्भीर घाइते आठ जनालाई उपचारका लागि काठमाडौँ लगिएको छ । सो जीप सडकबाट करीब ४०० मिटर तल खसेर दुर्घटनामा परेको प्रहरी उपरीक्षक पोखरेलले जानकारी दिनुभयो ।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology