प्रहारन्युज डेक्स

बाजुरामा ४ रिक्टरको भूकम्प

बाजुरा  -यहाँ आज बिहान ८ः५८ बजे ४ दशमलव १ रिक्टरको भूकम्प गएको छ । भूकम्पमापन केन्द्रका भूकम्पविद् चिन्तन तिम्सेनाले जिल्लाको उत्तरी भेगमा रहेको बूढीनन्दा नगरपालिकाको कोल्टीदेखि पूर्वमा केन्द्रविन्दु बनाएर उक्त भूकम्प गएको जानकारी दिँदै सबैलाई सतर्क रहन आग्रह गर्नुभयो । भूकम्प गएपछि सदरमुकामका बांसिन्दाले होहल्ला मच्चाएका थिए ।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology