प्रहार न्युज

किन जेल बसे प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान कम्युनिष्ट सरकार लोकतन्त्र,प्रेस स्वतन्त्रता र मानअधिकारप्रति प्रतिवद्ध रहेको बताएका छन्।

नेपाल मिडिया सोसाइटीको नवनिर्वाचित कार्य समितिलाई आइतबार बालुवाटारमा बधाइ माइतीघर मण्डला लगायतको बिषयलाई लिएर केही कथित मिडियाले सरकारलाई नागरिक स्वतन्त्रता विरोधी करार गर्न खोजेको प्रति प्रधानमन्त्री ओलीले आक्रोश पोखेका छन्।

ओलीले लोकतन्त्रकै लागि आफ्नो पार्टी स्थापना भएको र त्यसका लागि आफू १४ बर्ष जेल समेत बसेको बताए। पार्टीका कयौं नेता, कार्यकर्ता सहीद भएकोले वर्तमान सरकार र नेपाल कम्यूनिष्ट पार्टीबाट लोकतन्त्रलाई कहिल्यै पनि खतरा नहुने स्पष्ट पनि पारे । केही सञ्चार माध्यमले आफ्नो दायित्व भुलेर जथाभावी गरिरहेकोमा प्रधानमन्त्री ओलीले असन्तुष्टी व्यक्त गरे ।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology