प्रहारन्युज डेक्स

समर्थनको सदुपयोग भएन – नेता महतो

कैलाली – राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले दुई तिहाइ बहुमतको सरकारलाई दिएको समर्थनको दुरुपयोग भएको आरोप लगाउनु भएको छ ।आज धनगढीमा आयोजित पत्रकार भेटघाटका क्रममा नेता महतोले संविधान संशोधन, बन्दी रिहाइ, राजनीतिक मुद्दा फिर्ता गर्नेलगायतका विषयका माग सम्बोधन गर्ने शर्तमा सरकारलाई समर्थन गरेको तर अहिलेसम्म कुनै ठोस काम हुन नसकेको बताउनुभयो ।
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्याकाण्ड भएको दुई महिना बितिसक्दा पनि अपराधी अहिलेसम्म नसमातिनु दुःखद् भएको नेता महतोले बताउनुभयो ।
पत्रकार भेटघाट कार्यक्रममा राजपा अध्यक्ष मण्डलका सदस्य अनिल झाले टीकापुर घटना आपराधिक घटना नभएर राजनीतिक मुद्दा भएकाले राज्यले छिटोभन्दा छिटो सम्बोधन गर्नुपर्ने धारणा राख्नुभयो ।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology