प्रहारन्युज डेक्स

धुलोले आक्रान्त स्थानीयले बन्द गराए कलंकी-नागढुंगा सडक

काठमाडौं -धुलो-धुँवाका कारण समस्यामा परेको भन्दै स्थानीयले गरेको कलंकी-नागढुंगा सडक अवरोध हटेको छ । धुलोका कारण समस्यामा परेको तर सरकारी निकायबाट कुनै पहल नभएको भन्दै थानकोट आसपासका स्थानीयले बिहान ९ बजेपछि दुबैतर्फका सवारी ठप्प पारेका थिए ।करिब ४५ मिनेटको अवरोध पछि अहिले दुबैतर्फको सवारी आवात-जावत शुचारु भएको महानगरीय प्रहरी प्रभाग, थानकोटका प्रहरी निरीक्षक केशव भट्टले जानकारी दिए ।

प्रहरी निरीक्षक भट्टका अनुसार वार्तामार्फत समस्याको समाधान गर्न स्थानीयहरु सहमत भए पछि आवरोध खुलेको हो ।यसअघि पनि स्थानीयहरुले बेला-बेलामा धुलो उडेको भन्दै प्रदर्शन गर्ने गरेका थिए । स्थानीयको प्रदर्शन पछि धुलो मार्न दैनिक पानी हाल्ने गरिए पनि समस्या समाधान हुन नसकेको भन्दै उनीहरुले मंगलबार सडक जाम गरेका हुन् ।चन्द्रागिरि नगरपालिकामा केहिबेर पछि बार्ता गरे समस्या समाधान गर्ने तयारी भइरहेको प्रहरी निरीक्षक भट्टले बताए ।

Loading...

© Copyright 2015-2019 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology