प्रहारन्युज डेक्स

भिक्षु अस्वघोषको स्वास्थ्य अवस्था गम्भीर

काठमाडौं – थेरवाद बुद्धधर्म भिक्षु महासंघका संघनायक भिक्षु अस्वघोष महास्थवीरको स्वास्थ्य अवस्था चिन्ताजनक बन्दै गएको छ । मिर्गौला, मुटु र कलेजोलगायत समस्याबाट ग्रसित भई ग्राण्डी अस्पतालमा उपचार गराउँदै आएका छन् । ९४ वर्षीय अस्वघोष दुई सातादेखि बिरामी रहेका थिए ।

आठ दशकदेखि बुद्धदर्शन र साहित्यको प्रवर्द्धनमा लाग्दै आएका अस्वघोषले करिब एक सय ५० कृतिहरु प्रकाशित गरेका छन् । उनी अखिल भिक्षु महासंघको सल्लाहकारमा समेत रही काम गरेको भिक्षु तपस्सीधम्मले जानकारी दिए ।

Loading...

© Copyright 2015-2019 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology