प्रहारन्युज डेक्स

हत्यामा संलग्न एक पक्राउ

काठमाडौं – महानगरीय अपराध महाशाखा टाेलीले नीरमाया चेमजोङको हत्यामा संलग्न एक जनालाई पक्राउ गरेको छ । टोलीले सुनसरी घर भई नागार्जुन नगरपालिका–५ पाँचधारा हलचोक बस्ने ४५ वर्षीय चेमजोङको हत्यामा संलग्न काठमाडौंका ३७ वर्षीय प्रकाश थापामगरलाई मंगलबार साँझ पक्राउ गरेको हो ।

महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले थापामगर र चेमजोङबीच विगत दुई-तीन वर्षदेखि चिनजान हुँदै आएको थियाे । उनीहरू एकअर्काको कोठामा आवतजावत गर्दा सोमबार राति विवाद भएपछि मगरले लात्तीले हानेर बेहोस हुँदा मृत्यु भएको अनुसन्धानमा खुलेको उपरीक्षक थापामगरले बताए ।घटनामा संलग्न मगरलाई महाशाखा र महानगरीय प्रहरी वृत्त स्वयम्भुको टोलीले पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको महाशाखाले जनाएको छ ।

Loading...

© Copyright 2015-2019 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology