new

४ दिन सार्वजनिक बिदा दिने सरकारको घोषणा !

काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले निर्धारण गरेका सार्वजनिक बिदामा चार दिन थप्दै प्रदेश १ सरकारले बिदा घोषणा गरेको छ । प्रदेशको मन्त्रिपरिषद् बैठकले २०७६ सालको हिन्दूहरूको पर्व जनै पूर्णिमा, उधौली पर्व, मुस्लिमहरूको पर्व इदुल फित्त (रमजान) र छठ पर्व गरी थप चार वटा बिदा दिने निर्णय गरेको हो । मन्त्रिपरिषदका प्रवक्ता, आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीले चार दिन बिदा थप्ने निर्णय भएको जानकारी दिए । बैठकले बैठकले वृहत्तर विराट विकास क्षेत्र सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक –२०७५ संसदमा पेस गर्ने स्वीकृति प्रदान गरेको छ । त्यसैगरी विपत् व्यवस्थापन ऐन–२०७५ केही संशोधनलाई स्वीकृति प्रदान गर्ने निर्णय समेत गरिएको छ । प्रदेश सरकारले विपद् कोष सञ्चालन कार्यविधि–२०७५ लाई स्वीकृत प्रदान गरेको मन्त्री कार्कीले बताए । उनले सामाजिक विकास संस्था नियमावली संसदमा पेश गर्न स्वीकृति प्रदान गरेको समेत बताए ।

Loading...

© Copyright 2015-2019 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology