new

  • १०

यी हुन् सेक्स पावर बढाउने खाने कुरा !

काठमान्कडौ – हिलेकाहीँ विभिन्न कारणले यौनइच्छा नहुन सक्छ । अझ हाम्रो जस्तो पुरुषप्रधान समाजमा महिलाहरू दबाइएको अवस्थामा हुन्छन् । यी सबै कुराले गर्दा पुरुषको तुलनामा महिलामा कम यौनइच्छा देखा पर्न थालेको छ, अध्ययनले के देखाउँछन् भने यौनइच्छा कम भएका महिलाले आवश्यक मात्रामा केही पोषक तत्व खाए सामान्य अवस्थामा फर्कन सक्छन् ।

फाइबर
फाइबरले शरीरमा एस्ट्रोजनको श्रावमा मद्दत पुर्‍याउँछ । एस्ट्रोजन हार्मोनले महिनावारी हुनुअघिको पीडा कम गर्न मद्दत गर्छ । त्यसका साथै फाइवरले महिलाको पिसाबमा हुने खराबीलाई समेत कम गर्छ ।

क्याल्सियम, म्याग्नेसियम तथा भिटामीन सी
यी तीनवटै तत्वले मानिसमा हुने मानसिक तनाव कम गर्ने हार्मोन उत्पन्न गर्छन् । यी तत्वयुक्त खाद्य पदार्थ नियमित सेवन गर्दा पनि तनाव कम हुन्छ । बिहान उठ्नासाथ यी तिनै चिज मिसाएर एक चम्चा सेवन गर्नु उपयुक्त हुन्छ ।

भिटामिन डी
भिटामिन डीको कमीले शरीरका हड्डी कमजोर हुन्छन् । यसले महिलामा युटीआईमा पनि इन्फेक्सन हुन सक्छ । युटीआई इन्फेक्सन हुँदा तल्लो पेट दुख्ने तथा यौनइच्छा नहुने स्त्रीरोग विशेषज्ञहरू बताउँछन् । सुखमय यौनसम्पर्क चाहनेहरूले उचित मात्रामा भिटामीन डी सेवन गर्नुपर्छ ।

 

Loading...

© Copyright 2015-2019 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology