प्रहारन्युज डेक्स

विश्व फुटबलको महाकुम्भ २१ औँ विश्वकप आजदेखि

रसियाको मस्कोमा विश्व फुटबलको महाकुम्भ बिहीबार सुरु हुँदैछ। विश्वकप फुटबलको २१औं संस्करणमा ३२ देश सहभागी छन्। सहभागी देशले लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा गर्नेछन्।

विश्वकपको उपाधि होडसँगै पुरस्कार राशिको चर्चा समेत चुलिएको छ। कुल पुरस्कार राशि ४० करोड अमेरिकी डलरमध्ये विश्वकप विजेताले ३ करोड ८० लाख डलर (करिब ४ अर्ब नेपाली रुपैयाँ) पुरस्कार पाउनेछ। यो पुरस्कार राशि ४ वर्षअघि ब्राजिलमा भएको २०औं संस्करणभन्दा १२ प्रतिशत बढी हो। उपविजेताले २ करोड ८० लाख अमेरिकी डलर हात पार्नेछ।

प्रतियोगिताको उद्घाटन खेल आयोजक रसिया र एसियाली राष्ट्र साउदी अरेबियाबीच हुनेछ।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology