Prakash

महानगरपालिका पौडेल पत्र लेखेर बेपत्ता, के लेखेका छन् पत्रमा ?

पोखरा९,असार । पोखरा लेखनाथ महानगरपालिकाका सामाजिक महाशाखा वरिष्ठ सुचना अधिकृत ओमराज पौडेल शनिबार विहानै देखि बेपत्ता भएका छन् ।

शनिबार विहान करिब ५ बजे तिर पत्र लेखेर घरबाट निस्किएका उनी अहिले सम्म सम्पर्कमा आएका छैनन् । घरबाट निस्कनु अघि उनले लेखेको पत्रमा ‘आफ्नो परिवारको लागि केही पनि गर्न नसकेको’ कुरा उल्लेख छ ।

उनी सम्पर्कविहीन भएको सूचना पाउने वित्तिकै कास्की प्रहरी सहितको रेस्क्यू टोलीले सेती किनारमा खोजी गरिरहेको छ ।

उनी घरबाट निस्किएपछि सेतीमा किनारमा एउटा शव परेको थियो । यद्यपी उक्त शव पुरानो र अर्कैको भएको प्रहरीले जनाएको छ । पौडेलको खोजी अहिले पनि जारी छ ।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology