Prakash

अधिकारकर्मी सबिता न्यौपाने युथ फर ह्युमराईट हिरो अवार्डबाट सम्मानित

पाेखरा। मानवअधिकार र शिक्षा क्षेत्रमा सकृय मानवअधिकारकर्मी तथा समाजसेवी सबिता न्यौपाने युथ फर ह्युमराईट हिरो अवार्ड-२०१९ बाट सम्मानित भएकी छन् ।

सातौं दक्षिण एसिया क्षेत्रीय मानवअधिकार शिखर सम्मेलन-२०१९ राजधानीमा सम्पन्न भएको अवार्ड  वितरण समाराेहमा न्यौपाने सहित दिनेश काेर्की बैकुण्ठ थापा र गणेश घिमिरेले उक्त अवार्ड हात पारे  ।  सम्मेलनमा नेपाल लगायत भारत, पाकिस्थान, बंगलादेश, इन्डोनेशिया, ताइवान र अमेरिकाका झण्डै १०० युवाहरको सहभागी रहेको थियो । दुई दिने सम्मेलनको उद्घाटन गर्दै प्रमुख अतिथि राष्ट्रिय मानवअधिकार आयोगका माननीय सदस्य सुदिप पाठकले मानवअधिकारको सवालमा सबै नागरिक सुसुचित हुनु पर्ने र यसको लागि आयोगले धेरै कार्यक्रमहरु गर्दे आएको बताउनुभयो । साथै, युवाहरुमा झन मानव अधिकारको बारेमा सचेतना अभियान गर्नु पर्नेमा समेत जोडदिनुभयो ।

राष्ट्रिय युवा परिषदका उपाध्यक्ष माधव ढुंगेलले युवाहरुलाई मानवअधिकारको बारेमा शसक्तिकरण गर्नु पर्नेमा जोड दिँदै राज्यले युवाहरुलाई स्वदेशमा रोजगारीको व्यवस्था मिलाउनुपर्ने बताउनुभयो।

मानवअधिकार तथा महिला अधिकारको क्षेत्रमा लामो समय देखि निरन्तर सकृय रहनु भएकि युवा मानवअधिकारकर्मी सबिता न्यौपानेलाई ह्युमन राइट्स हिरो अवार्ड २०१९ बाट प्रमुख अतिथिले सम्मानित गर्नु भएको थियो ।

यस सम्मेलनमा युवाहरुले मानवअधिकारका विविध समस्या र युवाअधिकारको बारेमा बिशेष छलफल र कार्यपत्रहरु प्रस्तुत गरेका थिए । यो सम्मेलनको आयोजना युथ फर ह्युमन राइट्स इन्टरनेसनल र युथ फर ह्युमन राइट्स नेपालले गरको हो ।

उद्घानटन सम्मेलनमा पूर्व प्रहरी महानिरीक्षक शैलेन्द्र कुमार श्रेष्ठ, युथ फर ह्युमन राइट्स इन्टरनेसनलका सभापति डा. मेरी सट्लवर्थ, कादम्बरी मेमोरियल कलेजका कलेज प्रमुख प्रदिप्ता कादम्बरी, युथ फर ह्युमन राइट्स नेपालका राहुल केसी र ऋषि गौतम लगायतको उपस्थिति रहेको थियो ।

अमेरिकामा स्थापना भएको यो युथ फर ह्युमन राइट्स इन्टरनेसनलले विश्वभरी नै मानवअधिकारको विश्वव्यापी घोषणा पत्र र मानवअधिकार शिक्षालाई आफनो अभियानको रुपमा फैलाउदै आएको छ । मानवअधिकार शिक्षा अभियानको लागि यो संस्था अन्तर्राष्ट्रियरुपमा ख्याती प्राप्त मानवअधिकार संस्था हो ।

Loading...

© Copyright 2015-2019 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology