प्रहारन्युज डेक्स

युवाको करीब रु ८२ लाखको लगानीमा सुन्धारामा रेस्टुराँ शुरु

काठमाडौँ- युवाको लगानीमा काठमाडौँको सुन्धारामा ‘पिस प्वाइन्ट फुडल्याण्ड’ नामको रेस्टुराँ सञ्चालन गरिएको छ ।

विजय क्षेत्रीसहितका युवाले करीब रु ८२ लाखको लगानीमा सो रेस्टुराँ शुरु गरेका हुन् । क्षेत्रीले सुन्धारामा रहेका रेस्टुराँभन्दा आफूहरूले फरक किसिमको स्तरीय र स्वादिलो खाना खुवाएर ग्राहकलाई संतुष्टि दिने बताउनुभयो ।

रेस्टुराँ नया“ वर्षको अवसर पारेर वैशाख १ गतेदेखि सञ्चालनमा आएको हो ।

‘पिस प्वाइन्ट फुडल्याण्ड’लाई आगामी दिनमा अन्य स्थानमा पनि विस्तार गर्ने सोच रहेको क्षेत्रीले बताउनुभयो ।
–––

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology