new

करेन्ट लागेर एकको मृत्यु, तीन घाइते

कैलाली –  करेन्ट लागेर आज एक बालकको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।

घटनामा धनगढी उपमहानगरपालिका–११ बेलाको वनखेतका १४ वर्षीय अमन चौधरीको मृत्यु भएको छ भने सोही स्थानका १२ वर्षीय सागर पनेरू, १५ वर्षीय अर्जुन कठायत र १४ वर्षीय नविन कठायत घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढामगरले जानकारी दिनुभयो ।

घाइते हुने तीनै जनाको धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

वनखेत नजिकको विद्युत प्रशारण लाइन वरपर खेल्ने क्रममा उनीहरुलाई करेन्ट लागेको हो ।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology