प्रहार न्युज

मन्त्रीको घरमा चोरी

काठमाडौं – काठमाडौंको महांकालस्थित एक मन्त्रीको घरमा शुक्रबार दिउँसै चोरी भएको छ । प्रदेश ३ का भौतिक पूर्वाधार मन्त्री केशव स्थापितको घरमा चोरी भएको हो ।

स्थापितकी श्रीमतीले चार–पाँच तोला सुन चोरी भएको भन्दै बौद्ध प्रहरीमा उजुरी गरेकी छन् ।

‘घरको पछाडितिरको ढोका फोरेर चोर भित्र पसेको देखिन्छ,’ महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी अच्युतम पुडासैनीले अनलाइनखबरसँग भने, ‘योजनाबद्ध तरिकाले चोरी भएको जस्तो देखिँदैन । हेर्दा सामान्य देखिन्छ ।’

उनले घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिए ।

स्थापितको सो घरमा कोही थिएनन् । स्थापितको परिवार सो घरमा कहिलेकाहिँ मात्र बस्ने गर्दथ्यो । मान्छे कोही नरहेको मौका पारेर चोरी भएको स्थापित परिवारले जनाएको छ ।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology