new

प्रधानमन्त्री ओली ले गरे एस्तो घोषणा मोदी नै चकीत

काठमाडौँ — भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओलीले अब नेपाल विकास र समृद्धिमा अगाडि बढ्ने बताएका छन् । हैदरावाद हाउसमा शनिबार आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै ओलीले अब नेपालले विकास गरेर अघि बढ्नेमा विश्वास दिलाए ।

‘कन्फ्युज हुनु पर्दैन, अब नेपालले विकास गरेर अघि बढ्छ’ उनले भने, ‘जनताको खुसी नेपालको समृद्धि हुनेछ ।’ अंग्रेजीमा भाषामा सम्बोधन गरेका ओलीले दुईदेशबीच सुमधुर सम्बन्ध कायम राख्नु ठूलो कुरा हुने बताए । ‘भारतसँगको सम्बन्ध ऐतिहासिक हो । सन्धि, सम्झौताभन्दा पनि मित्रता ठूलो कुरा हो । यसमा हामी गम्भीर इमानदार छौं’ उनले भने । नयाँ सहमति, सम्झौताबारे दुवै शीर्ष नेताले केही बोलेनन् ।नेपालमा सबै तहको निर्वाचन सकिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले छिटो नेपाल भ्रमण गर्न समकक्षी मोदीलाई निम्तो दिएका छन |

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology