प्रहार न्युज

मदनकृष्णले लेखे यस्ताे हृदयविदारक फेसबुक स्टाटस…

काठमान्डौ – हास्य कलाकारिताको माध्यमबाट दुनियाँलाई हँसाएका वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ पत्नी वियोगमा पर्नुभएको छ । विगत लामो समयदेखि क्यान्सर रोगबाट पीडित धर्मपत्नी यशोधा सुवेदी श्रेष्ठको गत सोमबार राति उपचारको क्रममा निधन भएको छ ।

लामो समयदेखि क्यान्सरबाट पीडित यशोदाको मंगलबार आर्यघाटमा अन्तिम संस्कारको क्रममा भावविह्वल बनेका मदनकृष्णले आर्यघाटबाट फर्केर फेसबुकमा आफ्नी यसोदालार्इ सम्झिएर चारपक्ति कविता लेख्नुभएको छ । पत्नी यसोदाको रंगिन तस्वीर पोस्ट भएको मदनकृष्णको हृदयविदारक कविता यस्तो थियो

सबैले माया मारेर केभो
तिमी छंदैछौ नि मलाई प्यार गर्ने
तिमीले पनि माया दिन नभ्याउंदा
आंसु छंदैछ नि मलाई स्यार गर्ने

 

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology