new

मापदण्ड विपरीतका घरटहरा भत्काइँदै

लहान –  मापदण्ड विपरीत सडक मिचेर सिरहाको मिर्चैया नगरपालिका क्षेत्रभित्र अव्यवस्थित रुपमा बनाइएका घरटहरा तथा पर्खाल भत्काउन शुरु गरिएको छ ।

नगरपालिकाले वडा नं ६ मटियर्वास्थित सडक फराकिलो गर्ने क्रममा सडकको दायाँबायाँ रहेका घरटहरा भत्काउन डोजर लगाउँदैछ । सार्वजनिक सूचना जारी गरिए पनि घरधनीले अटेर गरेपछि डोजर लगाएर भत्काउन शुरु गरिएको नगरपालिकाका प्रमुख श्रवण यादवले जानकारी दिनुभयो । नगरपालिकाले डोजर लगाएपछि कतिपय घरधनी आफैँले घर भत्काउन शुरु गरेका छन् ।

यसअघि सडकलाई ३६ फिट फराकिलो गर्ने नगरपालिकाले तयारी गरे पनि स्थानीयवासीले विरोध गरेपछि ३२ फिटमा सहमति भई सोहीअनुसार काम भइरहेको नगरपालिका–६ का वडाध्यक्ष देवकृष्ण साहले बताउनुभयो ।
–––

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology