new

ढिस्काले पुरिएर मृत्यु

उर्लाबारी, मोरङ –  लेटाङ नगरपालिका–९ बस्ने २४ वर्षीया भगिमाया दुलालको आज बिहान माटाको ढिस्काले पुरिएर मृत्यु भएको छ ।

घर नजिकै बारकोठे खोल्सीमा रातो माटो खन्ने क्रममा माथिबाट झरेको माटाको ढिस्काले पुर्दा उहाँको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक खगेन्द्र खड्काले जानकारी दिनुभयो ।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology