Prakash

बाग्लुङ बिनामारे-पोखरा सम्पर्क समाजमा शर्मा

पोखरा २५ चैत l  बाग्लुङ विनामारे पोखरा सम्पर्क समाजको अध्यक्षमा झलक शर्मा निर्बिरोध निर्बाचित भएका छन् l

सनिबार शान्ति वनबाटिकामा भएको समाजको प्रथम साधारणसभा अधिबेशनले शर्मालाई निर्बिरोध निर्बाचित गरेको हो l

समाजको उपाध्यक्ष,सचिब र कोषाध्यक्षमा क्रमश महेन्द्र केसी , टेकबहादुर थापा र जयराम आचार्य निर्बिरोध निर्बाचित भएको निर्बाचन समिति संयोजक गोरखाका स्थानीय बिकास अधिकारी नारायण आचार्यले जानकारी दिए l

त्यस्तै गरि सदस्यमा गोबिन्द बहादुर घर्ति , सुनिल केसी , अनिता केसी ,हरि शर्मा र लक्ष्मीदेबी शर्मा चयन भएका छन् l कार्यक्रममा विनामारे बाट पोखरामा स्थायी,अस्थायी बसोबास गर्ने , बिभिन्न पेशा ब्यबसाय संचालन गर्ने तथा अध्यानको सिलसिलामा बसोबास गर्ने करिब ८० जनाको सहभागिता रहेको थियो l

यसै बीच समाजको पहिलो बैठक सम्पन्न भएको छ l बैठकले पाच सदस्य सल्लाहकार समिति चयन गरेको सचिब टेकबहादुर थापाले जानकारी दिए l

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology