प्रहारन्युज डेक्स

ह्युमिलेट (अपमानित) भएर काम नगर्ने भन्दै खरेलले ११ बजे राजिनामा दिदै

व्यक्तिको योग्यता, क्षमता र आवश्यकता भन्दा पनि भागबण्डा हेरिएको आरोप

पोखरा/ नेपाल सरकारको मन्त्रीपरिषद्को बैठकले नेपाल प्रहरीको २६ औ आईजिपीमा डिआईजी शर्वेन्द खनाललाई नियुक्ति गरे पछी सहयोद्दा रमेश खरेलले राजिनामा दिने घोषणा गरेका छन।

रमेश खरेलले ह्युमिलेट (अपमानित) भएर काम नगर्ने भन्दै, आज ११ बजे राजीनामा दिने घोषणा गरेका हुन। उनले मुद्दा मामिला नगर्ने र बाहिरै बसेर प्रहरीलाई सघाउने पनि बताए । आफ्नो मिसन र भिजनअनुसार काम गर्न नपाउने भएपछि जागिरमात्र खाएर बस्नु उपयुक्त नलागेको उनले बताए । राजीनामा पत्र तयार भइसकेको भन्दै उनले हेडक्वार्टरमा बुझाएर नेपाल प्रहरीबाट अलग हुने बताए ।

सर्वेन्द्र खनालभन्दा खरेल ११ महिनाअघि भलिबल खेलाडीका रुपमा प्रहरी जवानमा भर्ना भएका थिए तर, प्रहरी निरीक्षकमा भने खनालकै ब्याचमा भर्ना भएका हुन् । त्यसयता एसएसपीसम्म खरेल एक नम्बरमा थिए । डीआईजी बढुवामा भने खनाल एक नम्बर र खरेल दुई नम्बरमा परे ।

डीआईजी खरेलले नेपाल प्रहरीको आइजीपीमा व्यक्तिको योग्यता, क्षमता र आवश्यकता भन्दा पनि भागबण्डा हेरिएको आरोप लगाएका छन् ।

सर्वेन्द्रको आग्रह- सँगै काम गरौं

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology