प्रहारन्युज डेक्स

सवारी साधनको कागजपत्र माग्दा स्थानियले कुटे ट्राफिक प्रहरी

सवारी जाँचका क्रममा ट्राफिक प्रहरी विन्देश्वर दासलाई स्थानीय बासिन्दाले कुटपीट गरका हुन्

धनुषा, चैत २८ –  सवारी जाँचको क्रममा महोत्तरीमा एकजना ट्राफिक प्रहरी कुटपिट भएका छन। मनराशिसवा नगरपालिका – ६ मा मंगलबार सवारी जाँचका क्रममा ट्राफिक प्रहरी विन्देश्वर दासलाई स्थानीय बासिन्दाले कुटपीट गरका हुन् ।

बा. १९ प ४२४९ नम्बरको मोटरसाइकलमा रहेका ध्यानी सहनीलाई ट्राफिक प्रहरी दासले हेलमेट नलगाएको र सवारी साधनको कागजपत्र देखाउन भन्दा विवाद भएको थियो ।

विवाद बढ्दै जाँदा हातपात भएपछि ट्राफिक प्रहरी दाससँगै रहेका अर्का प्रहरीले मोटरसाइकल चालक सहनीलाई पक्राउ गरेर स्थानीय बलबा प्रहरी चौकीमा लगेका थिए । त्यसपछि एक्लै रहेका ट्राफिक प्रहरी दासलाई १५–२० जनाको समूहमा आएका  स्थानीयले कुटपीट गरेका हुन् ।

कुटपीटमा संलग्न रहेको आरोपमा पक्राउ परेका स्थानीयबासिन्दा २९ वर्षका सत्रोहन सहनीलाई वलवा नगरपालिका वडा नम्बर – ६ का वडा अध्यक्ष र यहि नगरपालिकाका वडा नम्बर – ४ का वडाअध्यक्ष प्रमोद कुमार यादवको रोहवरमा बुधबार उपस्थित गराउने गरी छाडिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी नवरत्न पौडेलले जानकारी दिनुभयो ।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology