प्रहारन्युज डेक्स

  • १४

चट्याङ्ग लागेर दुई बालकको मृत्यु

डोटी – डोटीको जोरायल गाउँपालिका-२ डाँडाखालीमा बुधवार दिउँसो चट्याङ्ग लागेर दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारी अनुसार मृत्यु हुनेमा स्थानीय चक्र भण्डारीका १२ वर्षीय छोरा ओमप्रकाश भण्डारी र खेम भण्डारीका ९ वर्षीय छोरा भुवन भण्डारी रहेका छन् ।

खेम भण्डारीको घरमा खेलिरहेका बेला परेको चट्याङ्गले दुवैको ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए ।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology