प्रहारन्युज डेक्स

पोखरा घुम्न अाएका शिक्षक होटलको झालवाट खसे वा खसाईए ?

पोखरा घुम्न आएका बर्दघाटका एक शिक्षकको पोखरा लेखनाथ महानगरपालिका –६ लेकसाईड स्थित होटल प्राईमको झ्यालबाट गएराती खसेर रहस्यमय मृत्यु भएको छ ।

बर्दघाटको माउण्ट एभरेष्ट अङग्रेजी बोर्डिङ स्कुलका शिक्षक बर्दघाट नगरपालिका –११ नवलपरासीका २७ बर्षिय राम प्रसाद आचार्यको गएराती होटलको तिन तला माथिको भ्यालबाट खसेर मृत्यु भएको कास्की प्रहरीले जनाएको हो ।

बर्दघाट स्थित माउण्ट एभरेष्ट अङग्रेजी बोर्डिङ स्कुलमा अध्यापन गराउने ११ जनाको टोली मंगलबार पोखरा आएसँगै होटल प्राईम लेकसाईडमा बसेको बताउदै २ साथी सहित आचार्य तेस्रो तलाको कोठा न ३०३ मा बसेको अनुसन्धानमा खुल्न आएको प्रहरी कार्यालय कास्कीका प्रबक्ता प्रहरी नायब उपरिक्षक खड्क बहादुर खत्रीले बताए ।

उनका अनुसार उक्त शब पोस्टम्याटर्मका लागी लगिएको पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको र सो घटनाको बारेमा थप अनुसन्धान भैरेको छ ।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology