प्रहारन्युज डेक्स

४ महिनाको गर्भसहित सुटकेसमा भेटियो मालाको लाश, फेसबुकबाट छ महिना अघि मात्र प्रेम विवाह

४ दिनअघि रहस्यमय अवस्थामा बेपत्ता भएकी नवविवाहित युवतीको घाँटी थिचेर हत्या गरिएको पाइएको छ । हत्यापछि दाइजोमा पाएको सुटकेसमै उनको शव लुकाएर नालीमा फ्याँकिएको अवस्थामा भेटिएको छ । ती युवतीको ६ महिना पहिले नै बिहे भएको थियो र उनी ४ महिनाको गर्भवती थिइन् ।

मंगलबार साँझ सुटकेसमा शव भेटिएपछि प्रहरीले आसपासका जिल्लामा खबर गरेको थियो । युवतीका माइतीले खुट्टामा बाँधिएको कालो धागो र पायल देखेर उनको पहिचान गरेका थिए । माइतीले पति, सासु, ससुरा र परिवारका अन्य व्यक्तिविरुद्ध दाइजोको लागि हत्या गरेको आरोप लगाएका छन् । प्रहरीले उनका पतिलाई हिरासतमा लिएको छ । प्रहरीका अनुसार ती युवती २४ वर्षकी माला हुन् । उनी भारतको राजधानी दिल्ली नजिकैको गाजियाबादमा बस्थिन् ।

७ अप्रिलको राती उनी रहस्यमय अवस्थामा बेपत्ता भएकी थिइन् । ८ अप्रिलका दिन उनी बेपत्तँ भएको भन्दै प्रहरीमा रिपोर्ट गरिएको थियो । मंगलबार राती साढे ९ बजे गाजियाबादको इन्दिरापुरम थाना प्रहरीले सुटकेसमा उनको शव भेटेको थियो । यसको सूचना आसपासको प्रहरी चौकीहरुमा दिइएको थियो । लगत्तै उनका माइतीहरु थानामा आएर उनको शव पहिचान गरेका थिए ।

माला र उनका पति शिवम्को फेसबुकबाट चिनजान भएको थियो । माला पनि बिसरखको हैबतपुरमा भाडामा बस्थिन् । मित्रता प्रेममा बदलिएपछि यी दुईले बिहेको कुरा गर्दा परिवारले विरोध गरेका थिए । दुवैले जिद्दी गरेपछि परिवारले १ नोभेम्बर २०१७ मा यी दुईको बिहे गरिदिएका थिए । अहिले उनी ४ महिनाकी गर्भवती थिइन् ।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology